म र अँध्यारो शहर

म छु
र, शहर छ
शहर छ, अनि म छु ।

त्यो शहर अँध्यारो छ
म अँध्यारोभित्र छु ।
मेरो शहर, अँध्यारो शहर
र, म अँध्यारोमा
अँध्यारोसँगै समागममा व्यस्त शून्य मन ।

अँध्यारोभित्र म छु, शहर अँध्यारोमा छ ।
आऊ अँध्यारो प्रेमीहरू
एक÷एक गरेर
अँध्यारोसित मित लगाउन
अँध्यारोसित गीत गाउन, रमाउन र नाच्न ।

हेर्ने÷सुन्ने÷नाच्नेहरूका साक्षी को हुन् ?
किनभने हामी सब अँध्यारोमा छौं
हाम्रो शहर अँध्यारोमा छ
र, हाम्रो मन अँध्यारोसितको समागममा ।
क्या बात !
हामीहरू लाटोकोसेरोको प्रतिनिधि बन्ने दौडमा
२१ औ शताब्दी हाँकिरहेका छौं ।

maunabasti@writeme.com

Published in: on January 31, 2012 at 1:44 am  Leave a Comment  

The URI to TrackBack this entry is: http://aawaajshrestha.wordpress.com/2012/01/31/%e0%a4%ae-%e0%a4%b0-%e0%a4%85%e0%a4%81%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b0%e0%a5%8b-%e0%a4%b6%e0%a4%b9%e0%a4%b0/trackback/

RSS feed for comments on this post.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.