झरी र तिम्रो यादहरु !

Mero Yaad

Mero Yaad

आवाज श्रेष्ठ

झरी जस्तै आईरहोस् तिम्रो यादहरु ।
बसन्त जस्तै छाईरहोस् तिम्रो प्यारहरु ।

एक्लोपनि कति भएँ म युगयुगमा
छालसरि उर्लिरहोस् तिम्रो लहरहरु ।

हेर जुन साक्षी छ वाचा नफेर पाप लाग्ला
अझै सहन म सक्छु तिम्रो प्रहारहरु ।

हरपल कामसँगै जप्छु तिम्रो नाम
तिमी जहाँ, स्वर्ग लाग्छन सहरहरु ।

अबुझ बन्दै बाटो बिराए भने कतै
केही हुन्न आवाज बाँच्नुको सारहरु ।

अस्तु

Advertisements
Published in: on जुन 10, 2016 at 8:16 बिहान  टिप्पणी लेख्नुहोस्  

प्रिय झरी, तिम्रो कस्तो मनपरि !

आवाज श्रेष्ठ

झरी !
तिम्रो कस्तो मनपरि

तिमी आउनु
कतै नराम्रो, कतै राम्रो
लौ झरी
तिम्रो कस्तो मनपरि

फेरि तिमी
एक्लै आउने गरे पो
बाटैभरि हिलो आउँन्छ
कतै बाढी
त कतै पहिरो पनि
के तिमी एक्लै आउन सक्दैनौं

ए झरी
तिम्रो कस्तो मनपरि ।
बिन्ती अहिले जाऊ
पछि आउनु साइत मिल्ने गरि
ए झरी
तिमीलाई नेपालीको साथ सधैभरि ।

ऋस्तु

Published in: on जुन 10, 2016 at 8:12 बिहान  टिप्पणी लेख्नुहोस्  

म र अँध्यारो शहर

म छु
र, शहर छ
शहर छ, अनि म छु ।

त्यो शहर अँध्यारो छ
म अँध्यारोभित्र छु ।
मेरो शहर, अँध्यारो शहर
र, म अँध्यारोमा
अँध्यारोसँगै समागममा व्यस्त शून्य मन ।

अँध्यारोभित्र म छु, शहर अँध्यारोमा छ ।
आऊ अँध्यारो प्रेमीहरू
एक÷एक गरेर
अँध्यारोसित मित लगाउन
अँध्यारोसित गीत गाउन, रमाउन र नाच्न ।

हेर्ने÷सुन्ने÷नाच्नेहरूका साक्षी को हुन् ?
’cause हामी सब अँध्यारोमा छौं
हाम्रो शहर अँध्यारोमा छ
र, हाम्रो मन अँध्यारोसितको समागममा ।
क्या बात !
हामीहरू लाटोकोसेरोको प्रतिनिधि बन्ने दौडमा
२१ औ शताब्दी हाँकिरहेका छौं ।

maunabasti@writeme.com

Published in: on जनवरी 31, 2012 at 1:44 बिहान  टिप्पणी लेख्नुहोस्  

चियापान

आवाज श्रेष्ठ

उसको चियापान
त्यसको चियापान
चियापानको लहरमा
हाम्रैपनि चियापान ।

यसै त आयो दशैं
बजारमा चिनी अभाव छ
समाचारै समाचार
खाद्यलगायत दुधसमेत मिसावट ।

चियापानमा
विभिन्न वर्ग/लिङ/पेशागत सरिक
साँच्चै चियापानको कस्तो चटारो यो
कहिले उसको कहिले त्यसको
त कहिले हाम्रै चियापान ।

चियापानमा सबै मिलेका छन्
हाँसेका छन्
शुभकामना साटेका छन्
सुख/शान्तिको कामना बाँडेका छन् ।

बल्ल थाहा भो
देशको शान्ति कहाँ गयो
बल्ल देखेँ
शान्तिको बिस्थापन बाध्यता
अचम्म भएँ
चियापानका चुश्कीवालाहरु
सबै तहतप्काका ठूलाठालुहरुले
खल्ती खल्तीमा बोकेका रहेछन् शान्ति ।

एक कप चियाको स्वादमा बिसर्िएर
उपस्थितजनलाई
सितै बाँडिरहेका छन्
सयौंका सयौंले एउटै कुरा शान्ति ।

यो चियापान हुँदै होइन
उस्को चियापान
त्यस्को चियापान
हाम्रैपनि चियापान ।

यसका षडयन्त्र छ
मेसो पनि फरक
वरिष्ठ नेताहरु शान्ति बोकेर हिडिरहेका छन्
चियापानका सहभागीलाई खन्याइरहेका छन्
अनि जनतापनि बोलिरहेका छन्
हजुरलाई पनि शान्तिको कामना ।
नेताहरुका शान्ति ‘आर्शिवाद’
उतैतिर फर्काइरहेका छन्
अनि देश र जनतामा शान्ति
कहाँ हुन्छ ?

चियापानको दर्जनौ निमन्त्रणापश्चात उब्जिएका शब्दहरु ।

अस्तु

Published in: on नोभेम्बर 20, 2011 at 3:03 बिहान  टिप्पणी लेख्नुहोस्  
Tags:

समय भ्रम

अधिकांश यात्राहरु
लक्ष्यहिनमा टुङ्गिन्छ
समयको आफूखुसी बहाव र स्वार्थी वर्तमान
तीव्र दौड़मा
कुदिरहन्छ
मान्छे

विचरा मान्छे
मीठा सपनाहरुको
रंगीन दुनियाँमा
अलमलिएर
थोत्रो
अनि

त्रसित वर्तमानमा भवितव्य चित्र
खेलाएर
समय भ्रममा
अल्झिरहन्छन्

फगत
सोझासीधा
मान्छेहरु
व्यर्थ घमण्डमा फुलेर

अस्तु

Published in: on नोभेम्बर 6, 2011 at 3:29 बिहान  टिप्पणी लेख्नुहोस्  
Tags: